सिद्धबाबा सुरुङमार्ग बनाउन टेन्डर आह्वान
काठमाडौं। सरकारले सिद्धार्थ राजमार्गको बुटवल–दोभान सडक खण्डमा सुरुङ मार्ग बनाउन ग्लोबल टेन्डर आह्वान गरेको छ। अर्थमन्त्रालयले गत वर्षको बजेटबाटै उक्त सुरुङमार्ग बनाउन १० अर्ब १५ करोड रुपैयाँ छुट्याएको थियो। सोहीअनुसार, भौतिक पूर्वाधार मन्त्रालयले ४५ दिनको समय तोकेर टेन्डर आह्वान गरेको हो। सुरुङ मार्गको डिजाइन स्वीस सरकारले गरेको हो।
प्रतिक्रिया दिनुहोस्