असममा ६ उग्रवादी मारिए
एजेन्सी। भारतको असम–नागाल्यान्ड सीमानजिक सुरक्षा बलसँग भएको भिडन्तमा दिमासा नेसनल लिबरेसन आर्मी(डीएनएलए)का ६ उग्रवादी मारिएका छन्। उनीहरुबाट चारवटा एके–४७ राइफलका साथै गोली बरामद गरिएको सुरक्षाबलले बताएको छ। जासूसी सूचनाको आधारमा प्रहरी र असम राइफल्सको सेनाले संयुक्त अभियान चलाएका थिए। भिडन्त भएको क्षेत्रमा सुरक्षाबलले सर्च अपरेसन जारी राखेको छ।
प्रतिक्रिया दिनुहोस्