अमेरिकी सेना फिर्तीपछि अफगानिस्तानमा हिंसा वृद्धि
एजेन्सी। अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सेना फिर्तापछि हिंसा निकै वृद्धि भएको छ। वरदक प्रान्तमा भएको पछिल्लो हिंसक झडपपछि जलरेज जिल्लालाई तालिबानले कब्जा गरेको छ। उक्त झडपमा पाँच प्रहरी र ४० तालिबानी मारिएका छन्। युद्ध प्रभावित उक्त देशमा अमेरिकी सेनाको फिर्तीपछि हिंसा वृद्धि भएको हो। स्थानीय मिडियाका अनुसार निकै दिनको संघर्षपछि तालिबानले जलरेज कब्जा गर्न सफल भएको हो।
प्रतिक्रिया दिनुहोस्