माइक्रोसफ्ट इन्टरनेट एक्सप्लोरर आगामी वर्षको मध्यदेखि बन्द हुने
एजेन्सी। करिब २६ वर्ष प्रयोगकर्ताहरुलाई इन्टनेट ब्राउजिंग सेवा दिएको माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोरर आगामी वर्षको जुन १५ देखि बन्द हुने भएको छ। माइक्रोसफ्टले आफ्नो ब्लग पोष्टमा विन्डो ९५ सँगै रिलिज भएको यस वेब ब्राउजरले २०२२ को जुन १५ सम्म मात्रै काम गर्ने बताएको हो। माइक्रोसफ्टका एक अधिकारीले विन्डो १० अपरेटिंग सिस्टमको केही भर्जनका लागि यसलाई बन्द गर्न लागिएको बताए।
प्रतिक्रिया दिनुहोस्