इरानले भन्यो – अब परमाणु स्थल देखाउनै पर्ने बाध्यता छैन बीबीसी। इरान र उसको परमाणु कार्यक्रममाथि निगरानी राख्ने संयुक्त राष्ट्रसंघीय निकाय आइएइएबीच सम्झौताको अवधि समाप्त भएको छ। योसँगै आइएइएलाई परमाणु स्थलमा भएका गतिविधिको भिडियो र तस्वीर देखाउनुपर्ने बाध्यताबाट इरानमुक्त भएको छ। इरानी संसद मजलिसका सभामुख मोहम्मद बकार कलीबफले आइएइएसँगको सम्झौता शनिबार सकिएको जनाएका हुन्। गत वर्ष इरानको संसदले आइएइएसँगको सम्झौताको अवधि नबढाउने निर्णय गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्