मिस वर्ल्डको यात्रा कस्तो रह्यो?
मिस वर्ल्डको यात्रा निकै रमणीय, रमाइलो, धेरै सिकाइले भरिपूर्ण रह्यो। समग्रमा हेर्दा निकै नै राम्रो रह्यो। अनुभव भयो।
मिस वर्ल्डको यात्रापछि आफैंमा कस्तो परिवर्तन आएको पाउनुभयो?
अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा देशको प्रतिनिधित्व गरेर आएपछि जहिले पनि आफूमा जिम्मेवारी महसुस हुँदोरहेछ। मिस वर्ल्डबाट फर्केपछि मलाई मेरो प्रभाव क्षेत्र बढेको महसुस भएको छ। त्यसैले मैले जे पनि गर्छु, जे पनि विचार व्यक्त गर्छु, त्यसले मलाई मात्र नभई धेरैको विचारमा प्रभाव पार्छ भन्ने जिम्मेवारीबोध भएको छ।
मिस वर्ल्डमा सहभागी हुने सुन्दरीहरूको जीवन नै परिवर्तन गराइदिने के चीज रहेछ त्यहाँ?
म सुन्दरीभन्दा पनि देशको प्रतिनिधि भन्न चाहन्छु। त्यहाँ हामी सबै आ–आफ्नो देशको प्रतिनिधित्व गरेर जान्छौं। र, त्यहाँ कसैलाई परिवर्तन गर्ने कुनै फर्मुला छैन। तर, तीन हप्ताको तालिममा आफैंलाई अझ राम्रोसँग चिन्ने मौका दिइँदोरहेछ।
मिस वर्ल्डमा हेड टू हेड च्यालेन्ज, मल्टिमिडिया अवार्ड र ब्यूटी विथ प्रपज गरी तीन वटा अवार्ड जित्दा कस्तो लाग्यो?
निकै खुशी र गर्व महसुस भयो। आफ्नो काम सफल भएको जस्तो महसुस भयो। मिहिनेत गरिरहँदा आफैबारे सोच्ने समय पनि नहुँदोरहेछ। एक हिसाबले घोडाको टाप लगाएजसरी कुदिँदो रहेछ। तर, त्यो अवार्ड पाइसक्दाखेरी चाहिँ एक क्षणको लागि ती सबै मिहिनेत झलक्क सम्झनामा आउँदो रहेछ।
मिस वर्ल्डको प्रमुख दाबेदारको रूपमा नेपाल कहिलेसम्म स्थापित हुन सक्ला?
त्यसको मिति नै तोकेर भन्न सकिँदैन। योे प्रश्नको उत्तर खोज्नभन्दा पहिला आजसम्म किन दाबेदार हुन सकेन भन्ने खोज्नुपर्छ। दुर्भाग्यवस् त्यो प्रश्नको उत्तर अहिलेसम्म म सँग छैन।
नेपाल टप १२ भन्दा माथि जान नसक्ने हुँदा पनि मिस वर्ल्डमा सहभागिता जनाइराख्नु नै पर्ने हो?
त्यो ताज नपाउञ्जेल र जहिले पनि सहभागी हुनुपर्छ। एकपटक सहभागिता जनाउँदा नेपालले के पायो भन्ने सोचौं। नेपालले आफैंप्रति सकारात्मक हुने अवसर पाएको छ। जहाँसम्म ताज नजित्ने भए किन सहभागिता जनाउने भन्ने प्रश्न छ, मलाई लाग्छ, उत्कृष्ट १२ वा उत्कृष्ट ४० वा कुनै उत्कृष्टमै नपरे पनि सहभागिता जनाइरहनुपर्छ। यसले प्रतिस्पर्धी र नेपाल दुवैलाई चिनाउन सहयोग पुग्छ।
भनेपछि नेपाललाई चिनाउनकै लागि भए पनि मिस वर्ल्डमा सहभागी भइराख्नुपर्छ?
नेपाललाई चिनाउनका लागि र नेपालीहरूमा एकताको भावना सिर्जना गरिरहन पनि सहभागिता जनाइरहनुपर्छ।
तपाईंको अबको बाटो के हुन्छ?
म आफ्नो ताजको सदुपयोग गर्न चाहन्छु। यो मेरो पुरानै योजना थियो। मलाई सबै नेपालीले माया दिनुभएको छ। म त्यो मायाको सदुपयोग गर्न चाहन्छु। कस्ता-कस्ता काममा आफूले सहभागिता जनाउँदा त्यो मायाको सदुपयोग हुन्छ भन्नेमा ध्यान दिइरहेकी छु। मेन फोकस चाहिँ ब्यूटी विथ प्रपजलाई अघि बढाउनु हुन्छ। त्यसलगायत अरु पनि कस्ता–कस्ता सामाजिक कार्यहरूमा संलग्न भएर ताजको सदुपयोग गर्न सकिन्छ भन्ने योजना बनाइरहेछु।
केही योजना बनिसकेका छन् कि?
कुनै योजना बनिसकेका छन् कुनै बन्ने प्रक्रियामा छन्। ब्यूटी विथ प्रपज परियोजनालाई अगाडि लैजानुपर्ने छ। हामीले पहिले प्रोजेक्ट शुरू गर्दा देखि नै मिस वर्ल्डमा जाँदासम्म त्यो प्रोजेक्टको एक तहसम्म पुर्याइसक्ने र त्यहाँबाट आएपछि दोस्रो फेजमा लाग्ने भन्ने योजना थियो। त्यसै अनुसार अहिले काम भइरहेको छ। अहिले हामी गाउँका उत्पादनलाई बजारसम्म पुर्याउने क्रममा लागिरहेका छौं। दोस्रो चरणमा फण्ड रेजिङ पनि गर्दैछौं। र, त्यो सँगसँगै मेरो सहभागिताले बढीभन्दा बढी मानिसहरूलाई कसरी फाइदा हुनसक्छ भन्ने एक्सप्लोर गर्दैछु। अहिलेसम्मको रूचि शिक्षा र क्षमता अभिवृद्धि हो। यीनै विषयसँग सम्बन्धित संस्थारूसँग सहकार्यका लागि कुराकानी भइरहेछ।
अर्थात् सामाजिक कार्यहरूमा बढी सक्रिय हुन चाहनुहुन्छ?
म सामााजिक कार्यकर्ता भन्दा पनि सामाजिक उद्यमी बन्न चाहन्छु। म दानी बन्ने सोंचले आएकी छैन। कुनै एउटा दानी मेन्टालिटीले आएकी होइन। म केवल आफ्नो सहभागिताले केही फरक ल्याओस् भन्ने चाहन्छु। आफ्नो करिअरको रूपमा पनि मैले सोसल इन्टरप्राइज खोजेकी छु। काम र करिअर त अघि बढाउनुपर्यो। पक्कै पनि पेशा त अगाडि बढाउनु नै पर्ने छ। सबै जनालाई आफ्नो गास, बास र कपासको आधारभूत आवश्यकता हुन्छ। तर, आफू खाइकन, आफू धनी बन्ने अथवा भएकालाई अझ धनी बनाउने भन्दा पनि आफ्नो कामले व्यक्तिगत आवश्यकता पूरा गरिसकेपछि समाजमा एउटा प्रभाव छाड्ने कामतर्फ नै लम्किरहेकी छु।
ब्यूटी विथ प्रपजका लागि सिन्धुपाल्चोकको एउटा गाउँबारे प्रोजेक्ट तयार पार्नुभएको थियो। अहिले त्यसको प्रगति के कतिको भइरहेको छ?
निकै नै राम्रो प्रगति भइरहेको छ। अहिले दुई जनाबाट सात जना शिक्षक राख्न सफल भएका छौं। अब विभिन्न संस्थासँग आबद्ध भएर कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरिरहेका छौं। अझैं विषयगत शिक्षकहरू राख्ने विषय तथा छात्रवृत्ति प्रदान गर्ने विषयमा पनि छलफल गरिरहेका छौं। त्यही अनुसार विकास भइरहँदा सधैंभरि त्यसरी फण्ड उठाएर डोनेसन उठाएर हुँदैन भनेर आय-आर्जनको बाटोमा पनि काम गर्याैं। हालसम्म हामीले पाँचवटा आय-आर्जनका उपाय खोजेका छौं। अहिलेसम्म तालिमको एक तह सक्दा त्यहाँ भएका उत्पादनलाई बजार विस्तार गर्न हामी लागिरहेका छौं।
व्यवसायिक रूपमा गलैंचा बुन्ने काम भइरहेको छ। त्यस्तै ईट्टा बनाउने र ढुंगा काट्ने काम पनि व्यवसायिक रूपमा भइरहेको छ। त्यस्तै मैनबत्ती र धुपबत्ती उत्पादनका लागि पनि व्यवसायिक रूपमा अर्डरहरु आइरहेका छन्। अझ यसलाई कसरी विस्तार गर्न सकिन्छ भन्नेबारे सोचिरहेछौं।
विगतमा कैयौं मिस नेपाल वर्ल्डहरू ग्ल्यामर क्षेत्रमा प्रवेश गरेका छन्। तपाईंको पनि त्यस्तै केही योजना छ कि?
मिस नेपाल ग्ल्यामर क्षेत्रमा छिर्ने एउटा बाटो सधैं थियो। आज पनि छ र भोलि पनि रहन्छ। कसैले त्यो छान्नुहोला, कसैले नछान्नुहोला। तर, मिस नेपाल धेरै क्षेत्रमा जानलाई एउटा बाटो हो। कता जाने भन्ने आफ्नो व्यक्तिगत रूचि के छ भन्नेमा भर पर्छ। ग्ल्यामर क्षेत्रमा जाने मेरो रूचि भने छैन।
भनेपछि अनुष्कालाई चलचित्र क्षेत्रमा देख्न पाइँदैन?
हा...हा...हा... त्यो चाहिँ सकिंदैन।
त्यसोभए सामाजिक कार्यमै केन्द्रित हुन चाहनुहुन्छ?
सामाजिक कार्य भन्दा पनि मैले गरेको हरेक कार्यले समाजमा कहीँ न कहीँ कुनै न कुनै प्रभाव होस् भन्ने चाहन्छु। सधैंभरी पैसा उठाएर काम गर्न खोजेकी होइन।
समाजको कुरा गरिरहँदा तपाईंले नेपाली समाज कस्तो खालको पाउनुभयो?
निकै सम्भावना भएको पाएँ। हामीले एउटा ढिपी समातेर सकारात्मक सोचको चश्मा लगाएर हिँड्दा हौं त हामी निकै पुग्दा हौं भन्ने लाग्यो। मिस नेपाल भइसक्दाखेरि र मिस वर्ल्ड जानुअघिसम्म सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी मात्र आउँथे। एकैचोटी जब अन्तर्राष्ट्रिय मञ्चमा जानेबेला आयो सबैले नेपाली भन्नेमात्र सोचे। सबैमा सकारात्मक सोंचमात्र देखियो।