फ्रन्टलाइनर स्वास्थ्यकर्मीहरुका लागि टेलिकमको धन्यवाद स्वास्थ्यकर्मी अफर काठमाडौं। कोभिड–१९ को महामारीमा फ्रन्टलाइनर चिकित्सक, नर्स, फार्मेसिष्टलगायत सबै स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न तथा थप हौसला प्रदान गर्नका लागि नेपाल टेलिकमले 'धन्यवाद स्वास्थ्यकर्मी' अफर उपलब्ध गराउने भएको छ। यस अफर अन्तर्गत देशभरका स्वास्थ्यकर्मीहरुले प्रयोग गरिरहेका आफ्नो नाममा रहेको नेपाल टेलिकमको पोस्टपेड तथा प्रिपेड सिमकार्डमा एक महिनासम्म टेलिकमको नेटर्वकभित्र निःशुल्क भ्वाइस कल उपलब्ध गराइने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्