वैशाख २६ गतेयता १० हजार २६ वटा सिलिन्डर सङ्कलन
काठमाडौं। नेपाल प्रहरीले गत वैशाख २६ गतेदेखि हालसम्म कूल १० हजार २६ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ। संकलन गरिएको अक्सिजन सिलिण्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरी जनाएको छ। प्रहरीले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराएको हो।
प्रतिक्रिया दिनुहोस्