निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७६७ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा काठमाडौं। पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७६७ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीमध्ये ३७९ वटा गाडी र १ हजार ३८८ वटा मोटरसाइकल रहेका छन्। नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ। विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा ती सवारी साधनलाई नियन्त्रणमा लिइएको पहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्