दुई नाबालकको हत्या, हत्याको आरोपमा एकजना पक्राउ बारा। दुई नाबालकको हत्या गरेको आरोपमा कलैया उपमहानगरपालिका-७ रंगपुरका फरमुल्लाह अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीकाअनुसार जेठ ३ गते साँझ सोही ठाउँ बस्ने अब्दुल गफार अन्सारीका छोराद्वय ९ वर्षीय अमान अन्सारी र ७ वर्षीय उसमान अन्सारी वेपत्ता भएका थिए। जेठ ४ गते दुबै बालकको शव सोही उपमहानगरपालिका–११ स्थित मदर्सा सलफिया कन्जलुमको निर्माणाधिन भवनमा भेटिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्