घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु प्युठान। प्युठानको नौबहिनी गाउँपालिका–१ चौतारामा एक घर भत्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। ४० वर्षीय बोमबहादुर मल्लको घर शनिबार राती भत्कँदा च्यापिएर बोमबहादुर मल्ल, उनकी श्रीमती ३४ वर्षीया गमी मल्ल र उनका ३ वर्षीय छोरा शिशिर मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्