कंगोमा ज्वालामुखी फुट्यो, हजारौं जना ज्यान बचाउन रुवान्डातिर बीबीसी। कंगोमा फुटेको ज्वालामुखीको लाभा फैलिएर गोमा सहरसम्म पुगेको अधिकारीहरुले बताएका छन्। माउन्ट निरागोन्गोको ज्वालामुखी शनिबार फुटेको हो। घरतर्फ लाभा आउन थालेपछि हजारौं मानिस भागेर रुवान्डा पुगेका छन्। रुवान्डा सरकारले त्यहाँ पुगेको कंगोका नागरिकलाई विद्यालय तथा धार्मिकस्थलमा राख्ने व्यवस्था गरेको छ। ज्यान बचाउन भाग्ने क्रममा कम्तीमा पाँच जनाको मृत्यु भएको कंगोका अधिकारीहरुले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्