पाल्पाको रामपुर नगरपालिकाद्वारा खोप किन्न अनुमति माग पाल्पा। रामपुर नगरपालिकाले आफ्ना नगरवासीका लागि कोरोनाविरुद्धको खोप किन्नका लागि सरकारसँग अनुमति मागेको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीलाई आज मन्त्रालयमा नगरपालिकाका प्रमुख रमण थापासहितको टोलीले भेट गरी खोप किन्ने अनुमति मागेको हो। मन्त्री त्रिपाठीले खोप किन्नका लागि सरकारको तर्फबाट पनि आर्थिक तथा प्राविधिक सहयोग दिने आश्वासन दिएको नगरप्रमुख थापाले बताए। ५० हजार खोप किन्ने योजना नगरपालिकाले बनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्