इटलीमा केबलकार खस्दा आठ जनाको मृत्यु
बीबीसी। उत्तरी इटलीमा एक केबलकार चुडिँदा कम्तीमा आठजनाको मृत्यु भएको छ। पिडमन्टको स्ट्रिसा रिसोर्ट टाउनमा यात्रुलाई लिएर जाने क्रममा केबलकारको तार चुँडिएको हो। सोसल मिडियामा राखिएको तस्बिरमा जंगलमा केबलकारको डिब्बा देखिएको छ। समुद्री सतहबाट १४९१ मिटर उचाइमा रहेको केबलकारको स्टेसन पुग्न २० मिनेट लाग्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्