काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नयाँ वर्षमा दिगो र वातावरणमैत्री लगानीलाई प्रवर्द्धन गर्ने विशेष योजना ल्याएको छ।
जसअनुसार ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’को अवधि सकिएपछि निक्षेपकर्ताहरूले निक्षेपको दोब्बर रकम पाउनेछन्।
यो योजना साढे सात वर्षको हुनेछ। यो योजनामा संकलन गरिएको निक्षेप नवीकरणीय ऊर्जादेखि हरित आवास, जलवायुअनुकूल (क्लाइमेट स्मार्ट) कृषिदेखि स्वच्छ पारवहन र प्रदुषण रोकथामसम्मका ग्रिन परियोजनाहरूमा लगानी गरिने छ।
जसबाट निक्षेपकर्ताहरूलाई विश्वव्यापी अभियानमा आफ्नो योगदान भएको भावसहितको सन्तुष्टि प्रदान गर्न सकिने छ। यसका साथै, ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’ निक्षेपका केही अन्य लाभहरूमा निक्षेपकर्ताहरूले क्रेडिट कार्ड लिदा ५० प्रतिशत छुट प्राप्त गर्नेछन्।
ग्रिन डबल मुद्दती निक्षेप राखेको डेढ वर्ष पूरा भएपछि निक्षेपको सतप्रतिशतसम्म ऋण सुविधा पनि प्राप्त गर्न सकिनेछ।