भारतीयले सीमामा हमला गर्दा एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते महोत्तरी।मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गएराति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते भएका छन्।मटिहानीस्थित २ नं बोर्डरमा रहेको ढाट(घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोडफोड गरी हटाएका छन्।बोर्डर आउट पोष्ट (बीओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमकाअनुसार गएराति करिब ८ बजे ५०/६० भारतीयले मदिरा खाएर २ नं बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुङ्गामुढा गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्