बहराइनमा रहेका नेपाली सावधान! : करिब ३१ लाख जरिवाना र तीन महिना कैद हुनसक्छ
काठमाडौं। बहराइनस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली कामदारलाई कोभिड–१९ का सम्बन्धमा लागू गरिएका नियमको पालना गर्न आग्रह गरेको छ। बहराइन सरकारले लागू गरेको नियम पालना नगरेमा एक हजारदेखि दशहजार बहराइन दिनार(तीन लाख देखि तीसलाख ९७ हजार रुपैयाँ) सम्म जरिवाना वा तीन महिना वा दुवै सजाय हुने व्यवस्था छ। यस्तो सजायबाट बच्न नियमहरुको राम्रोसँग पालना गर्न दूतावासले नेपालीहरुलाई भनेको छ।
प्रतिक्रिया दिनुहोस्