अमेरिका पुगे भारतीय विदेशमन्त्री, भ्याक्सिन निर्मातासँग कुरा गर्ने
एजेन्सी। अमेरिकाको पाँच दिने भ्रमणमा आज न्युयोर्क पुगेका भारतीय विदेशमन्त्री एस जयशंकरले त्यहाँका भ्याक्सिन निर्माता कम्पनीसँग कुरा गर्ने भएका छन्। भ्याक्सिन खरिदका साथै संयुक्त उत्पादनबारे उनले गम्भीर छलफल गर्ने विदेश मन्त्रालयले बताएको छ। जयशंकरले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटारेससँग पनि भेट गर्ने सम्भावना छ। उनले अमेरिकी समकक्षी एन्टोनी ब्लिंकन र अन्य नेतासँग भेटर द्विपक्षीय सहयोगबारे कुराकानी गर्ने छन्।
प्रतिक्रिया दिनुहोस्