युद्धविरामको मर्म पालना गर्न राष्ट्रसंघको आग्रह एजेन्सी। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले युद्धविरामको पूर्णरुपमा पालना गर्न इजरायली तथा प्यालेस्टिनी अधिकारीहरुलाई आग्रह गरेको छ। मे १० देखि ११ दिनसम्म चलेको युद्ध अन्त्य गरी शान्ति वार्ता गर्न दुवै पक्ष सहमत भएकाले युद्धविरामको अक्षरशः पालना गर्न परिषद्ले आग्रह गरेको हो । ११ दिनसम्म चलेको युद्धका क्रममा ६६ जना बालबालिकासहित २४८को मृत्यु भएको थियो। घटनामा २ हजारभन्दा बढी घाइते भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्