बंगलादेशले इजरायलमाथिको दशकौंदेखिको यात्रा प्रतिबन्ध हटायो एजेन्सी। ‘यो पासपोर्ट इजरायलबाहेक संसारका सबै देशका लागि मान्य हुने छ,’ बंगलादेशको पासपोर्टमा लेखिएको हुन्थ्यो। अब बंगलादेशले दशकौंदेखिको इजरायल यात्रामाथिको प्रतिबन्ध हटाएको छ। इजरायलले यसको स्वागत गरेको छ। अब दुई देशका नागरिकको हितका निम्ति कूटनीतिक सम्बन्ध विस्तारको पहल सुरु हुने दुवै पक्षले बताएका छन्। आठ दशक लामो इजरायल–प्यालेस्टाइन संघर्षमा बंगलादेशले प्यालेस्टाइनको समर्थन गर्दै आएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्