धुलिखेल अस्पताललाई थप चार भेन्टिलेटर धुलिखेल। सरकारले धुलिखेल सामुदायिक अस्पताललाई कोरोना सङ्क्रमितको उपचारार्थ थप चार भेन्टिलेटर पठाएको छ। सो अस्पताललाई यही जेठ पहिलो साता कोभिड महामारी व्यवस्थापनमा उल्लेख्य भूमिका खेलेको जनाउँदै सरकारले छ करोड ८० लाख अनुदान प्रदान गर्ने घोषणा गरिसकेको छ। धुलिखेल अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्याङ्क निर्माणका लागि करीब तीन अर्ब बजेट विनियोजन गरिएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्