दुई वर्षअघि मृत्यु भएका आरोहीको शव भेटियो
काठमाडौं। सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकन नागरिकको शव भेटिएको छ। २०७६ जेठ १३ गते आरोहणपछि फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ। मृत्यु भएको समयमा उनको उद्धारका लागि मौसम अनुकूल नहँदा सोही स्थानमा छाडिएको थियो। ६१ वर्षीय कुलिशको क्याम्प ४ मा हृदयाघातका कारण मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
प्रतिक्रिया दिनुहोस्