इथियोपिया टिग्रे युद्ध : अमेरिकाद्वारा इथियोपिया र इरिट्रियामाथि प्रतिबन्ध
अल जजिरा। इथियोपियाको टिग्रे क्षेत्रमा छ महिनाअघिको युद्धमा विभिन्न आरोप लागेका इथियोपियाली र इरिट्रियाली अधिकारीहरूमाथि भिसा प्रतिबन्ध तथा आर्थिक र सुरक्षा सहयोगमा कटौती गर्ने घोषणा गरेको छ। युद्धग्रस्त क्षेत्रमा मानवीय सहायतालाई भने निरन्तरता दिइने अमेरिकी विदेशसचिव एन्टोनी ब्लिंकेनले जनाएका छन्। गत नोभेम्बरमा इथियोपियाली प्रधानमन्त्री अबी अहमदले टिग्रे क्षेत्रमा हतियारधारी समूहलाई नियन्त्रण गर्न सेना पठाउँदा हजारौँ मारिएका थिए।
प्रतिक्रिया दिनुहोस्