सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये ८० प्रतिशत इन्टरनेट पहुँच बाहिर
काठमाडौं। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थीलाई निःशल्क इन्टरनेट उपलब्ध गराउन माग गरेका छन्। संगठनले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये करिब८० प्रतिशत इन्टरनेट पहुँच बाहिर रहेको जनाउँदै उनीहरुले निःशुल्क इन्टरनेटको माग गरेका हुन्। जवाफमा शिक्षामन्त्रीले सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिएका थिए।
प्रतिक्रिया दिनुहोस्