व्यक्तिगत लगानीमा मन्त्री आलेले गृह जिल्ला डोटीमा पठाए स्वास्थ्य सामग्री
काठमाडौं। वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले गृह जिल्ला डोटीमा स्वास्थ्य सामग्री पठाएका छन्। मन्त्री आलेको व्यक्तिगत लगानीमा कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटर, ३० एचडियु शैय्या, एन्टीजेन किट, रेम्डेसिभिर, स्यानिटाइजरलगायत सामग्री रहेको स्वकीय सचिव हेमन्त रेग्मीले बताए। रासस
प्रतिक्रिया दिनुहोस्