आजदेखी चीनमा नेपालको पाँचवटा कुटनीतिक नियोग काठमाडौं। आजदेखि चीनमा नेपालको पाँचवटा कूटनीतिक नियोग सञ्चालनमा आएका छन्। नेपालले आज सिचुवान प्रान्तको छेन्दुमा महावाणिज्य दूतावास उद्घाटन गरी सञ्चालनमा ल्याएसँगै चीनमा नेपाली कूटनीतिक नियोगको संख्या पाँच पुगेको हो। नेपालले यसअघि चीनको राजधानी बेइजिङमा दूतावास र ल्हासा, हङकङ र ग्वानजाओमा महावाणिज्य दूतावासमा स्थापना गरिसकेको छ। सन् २०१६ मा नेपालले छेन्दुमा महावाणिज्य दूतावास स्थापना गर्ने निर्णय गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्