एनआरएनएद्वारा भारतमा रहेका कोरोना पीडित नेपालीलाई आर्थिक सहयोग
काठमाडौं। कोरोना भाइरसबाट प्रभावित भारतमा रहेका नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोग गरेको छ। संघका महासचिव डा.हेम राज शर्माकाअनुसार भारतमा रहेका कोभिड-१९ पीडित नेपालीहरुको लागि संघले ५ हजार डलर आर्थिक सहयोग उपलब्ध गराएको हो। संघले भारतमा रहेको फोकल टिममार्फत त्यहाँ रहेका नेपालीहरुलाई सहयोग प्रदान गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्