प्रहरीको सक्रियतामा हालसम्म १० हजार १०७ वटा अक्सिजन सिलिन्डर सङ्कलन काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट हालसम्म १० हजार १०७ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ। ती मध्ये ३ हजार ५७६ वटा भरिएका र ६ हजार ५३१ वटा खाली सिलिन्डर रहेका छन्। सङ्कलन गरिएका सिलिन्डरमध्ये सोमबारसम्म ९ हजार ३७८ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्