औषधि बोकेर संक्रमितको घरैमा पुग्छन महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधि
धनकुटा। महालक्ष्मी नगरपालिकाले कोरोना संक्रमित विरामीको उपचारको लागि 'घरमै औषधि कार्यक्रम' सुरु गरेको छ। ज्वरो, निमोनिया, झाडापखला र भिटामिन बोकेर नगरपालिकाका मेयर पर्शराम नेपाल,उपमेयर मन्जु अधिकारीलगायतका जनप्रतिनिधि र कर्मचारी विरामीको घरमै पुगेका छन्। विरामीको लागि वैद्य बोलाएर आयुर्वेद औषधिसमेत बनाउन लगाएको मेयर नेपालले बताए।महालक्ष्मी नगरपालिकामा करीब ५० जना कोरोनाका विरामी छन्।१० वेडको आइसोलेसनसमेत सञ्चालन गरेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्