लुम्बिनी आउन आफ्ना नागरिकलाई म्यान्माका पर्यटनमन्त्रीको आग्रह

रुपन्देही। म्यान्माका पर्यटनमन्त्री अन मोङले आफ्नो जीवनकालमा एकपटक बुद्ध जन्मस्थल लुम्बिनी घुम्नका लागि म्यान्मा सरकारले आफ्नो देशका नागरिकलाई आग्रह गर्ने बताएका छन्।

लुम्बिनीको अवलोकन भ्रमणपछि उनले नेपाल भ्रमण वर्षका अवसरमा आफ्नो देशका ट्राभल एजेन्सीलाई लुम्बिनीको भ्रमण गराएर टुर प्याकेज तयार पार्न आग्रह गर्ने जानकारी गराए।

बुद्धको जन्मस्थल भएका कारण लुम्बिनी म्यान्माका नागरिकको आस्थाको केन्द्र भएको पर्यटनमन्त्री मोङको भनाइ छ।

नेपाल भ्रमण वर्ष शुभारम्भका अवसरमा काठमाडौँ आउनुभएका पर्र्यटनमन्त्री मोङसहित कम्बोडियाका पर्यटन मन्त्रालयका सल्लाहकार सेइल हुल, भुटानका पर्यटन परिषद्का महानिर्देशक दोर्जे ध्रधुलसहितको टोली १७ पुसमा लुम्बिनी आएका हुन्।

पर्यटनमन्त्री मोङसहितको टोलीलाई प्रदेश ५ सरकारका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले स्वागत गरे। रासस

प्रतिक्रिया दिनुहोस्