बेलारुसमा प्लेन हाइज्याक, पत्रकार पनि परे
एजेन्सी। युनानबाट लिथुआनिया जाँदै गरेको रयान एयरको यात्रुविमानलाई आइतबार जबर्जस्ती बेलारुसमा ओरोलिएको घटनाको संसारभर चर्चा भएको छ। बेलारुसले जहाजमा रहेका पत्रकार रोमन प्रोटसेभिच र उनकी प्रेमिकालाई गिरफ्तार गरेपछि घटनाबारे चासो चुलिएको हो। जहाजलाई जबर्जस्ती बेलारुस लैजान त्यहाँका सन्की शासक अलेग्जेन्डर लुकासेन्को संलग्नता रहेको बताइएको छ। युरोपियन युनियनले घटनाको विरोध गर्दै बेलारुसलाई विभिन्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
प्रतिक्रिया दिनुहोस्