‘प्रशिक्षित कुकुरले कोरोना संक्रमण सुँघेर पत्ता लगाउन सक्छन्’ एजेन्सी। बेलायतमा गरिएको एक नयाँ सर्वेक्षणले प्रशिक्षित कुकुरले कोरोना संक्रमण सुँघेर पत्ता लगाउने देखाएको छ। संक्रमितको शरीरबाट फरकखालको गन्ध आउने हुनाले कुकुरले त्यो सुँघेर थाहा पाउने अध्ययनले देखाएको हो। लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनले यो अनुसन्धान च्यारिटी मेडिकल डिटेक्सन डग्स एन्ड टरहम युनिभर्सिटीसँग मिलेर गरेका हो। विशेष ढंगमा प्रशिक्षित कुकुरले संक्रमणबारे ९२ प्रतिशत सही नतिजा देखाउने अनुसन्धानकर्ता बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्