तनहुँमा प्रयोगशाला निर्माणका लागि १२ लाख सङ्कलन तनहुँ। व्यास नगरपालिकाले वडा नं १० दुम्सीबजारस्थित आधारभूत स्वास्थ्य केन्द्र भवनलाई पीसीआर परीक्षण प्रयोगशाला बनाउनका लागि १२ लाख पचास हजार सङ्कलन भएको छ । पीसीआर परीक्षण प्रयोगशालाका लागि अस्थायी संरचना निर्माण गर्नुपर्ने भएकाले केही जनप्रतिनिधिले एक महिना बराबरको सुविधा रकम सहयोग गर्दा उक्त रकम सङ्कलन भएको हो। एक महिनाभित्र सेवा प्रदान गर्ने योजना रहेको व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्