तनहुँमा कोरोना संक्रमितको गाउँमै उपचार
तनहुँ। कोरोना महामारीबाट बिरामी भएकालाई गाउँमै उपचारको व्यवस्था मिलाइएपछि सहज भएको छ। संक्रमण सङ्ख्या दैनिक बढ्दै जान थालेसँगै यहाँका १० वटै पालिकाले धमाधम आइसोलेसन कक्ष निर्माण गरेर गाउँमै उपचारको प्रबन्ध मिलाएपछि सहज भएको हो। जिल्लाका सवै पालिकामा १० देखि ५० शैय्याको आइसोलेसन कक्ष निर्माण भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए।
प्रतिक्रिया दिनुहोस्