जंगली हात्तीको आक्रमणबाट आमाको मृत्यु, छोरी घाइते
बर्दिया। बर्दियाको गेरुवा गाउँपालिका–१ सरखोलखचकपुर बस्ने ३७ वर्षीया चन्द्रा बिकको जंगली हात्तीको आक्रमणबाट सोमबार राति मृत्यु भएको छ। आफ्नै घरमा बसिरहेको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्जबाट आएका दुईवटा जंगली हात्तीले आक्रमण गर्दा चन्द्राको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। हात्तीको आक्रमणबाट चन्द्राकी ३ वर्षीया छोरी दिपिका बिक गम्भीर घाइते भएकी छन्। उनलाई उपचाको लागि राजापुरतर्फ पठाइएको छ।
प्रतिक्रिया दिनुहोस्