मास्क र गोजीमा स्यानिटाइजरसहित रोपाइँमा किसान म्याग्दी।कोरोना सङ्क्रमण रोक्न निषेधाज्ञाबीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको सिजन सुरु भएको छ। बरङ्जा,गौश्वारा,सिमलगायतका सिँचाइको सुविधा भएका र खाली खेतमा जेठको दोस्रो सातादेखि नै रोपाइँ सुरू भएको हो। म्याग्दीको सहरी क्षेत्रभन्दा बढी ग्रामीण क्षेत्रहरू कोरोनाको चपेटामा परेका भए पनि कामको सिजन सुरु भएकाले स्थानीय कृषक मुखमा मास्क र खल्तीमा स्यानिटाइजरसहित धान रोप्न व्यस्त भएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्