फेसबुक र ट्वीटरले मानेनन् भारतीय नयाँ कानून
एजेन्सी। अमेरिकी प्रविधि कम्पनी फेसबुक र ट्वीटरले भारत सरकारले ल्याएको नयाँ कानून नमान्ने संकेत दिएका छन्। भारत सरकारले यही वर्षको २५ फेब्रुअरीमा ५० लाखभन्दा धेरै प्रयोगकर्ता हुने विदेश कम्पनीले स्थानीय सम्पर्क व्यक्ति राख्नुपर्ने नियम ल्याएको थियो। यसको म्याद ३ महिना अर्थात् मे २५ सम्म थियो। तर यस अवधिमा फेसबुक र ट्वीटरले भारत सरकारको नयाँ नियम मानेका छैनन्।
प्रतिक्रिया दिनुहोस्