मालीका राष्ट्रपति र प्रधानमन्त्रीलाई रिहा गर्न संयुक्त राष्ट्रसंघको अपिल
बीबीसी। सेनाले कु गरी कैद गरिएका मालीका राष्ट्रपति बाह डा तथा प्रधानमन्त्री मोक्टर ओवानेलाई तत्काल रिहा गर्न मालीस्थित संयुक्त राष्ट्रसंघ मिसनले अपिल गरेको छ। त्यहाँका अन्तरिम राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाले राजधानी बामाकोसँगै काती सैन्य क्याम्पमा राखेको जनाइएको छ। रक्षामन्त्री सौलेमाने डोउकुरीलाई पनि कैद गरिएका जनाइएको छ। सैन्य कुको नौ महिनापछि पनि मालीमा स्थिति सामान्य हुन सकेको छैन।
प्रतिक्रिया दिनुहोस्