भोली चन्द्रग्रहण : ‘सुपर ब्लड मून’ देखिने बीबीसी। भोली चन्द्रग्रहण लाग्दैछ। पृथ्वीको केही स्थानबाट भोली ‘सुपर ब्लड मून’ देखिनेछ। उक्त समयमा चन्द्रमा पूर्ण रुपमा रगत जस्तो रातो देखिनेछ। भोली पृथ्वीको छायाँले चन्द्रमालाई छोप्नेछ, जसलाई हामी चन्द्रग्रहण भन्छौं। अमेरिकी स्पेस एजेन्सी नासाका अनुसार पृथ्वीका छायाँ हट्ने बित्तिकै चन्द्रमा पहिलेको भन्दा ठूलो र चम्किलो देखिनेछ। नेपाली समयअनुसार भोली दिउसो साढे ३ बजेबाट ग्रहण सुरु भई ६ः३७ मिनेटमा अन्त हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्