चीनले भन्यो- वुहान ल्याब सम्बन्धि अमेरिकी रिपोर्ट पूर्ण रुपमा झुठ
बीबीसी। कोरोना संक्रमणको सुरुवातमा वुहान सहरमा तीन अनुसन्धानकर्ता विरामी भएर अस्पताल गएको कुरा पूर्णरुपमा झुठ भएको चीनले बताएको छ।सोमबार वाल स्ट्रीट जर्नलले अमेरिकी गुप्तचर रिपोर्टलाई उद्धृत गर्दै चीनको वुहान ल्याबमा कार्यरत तीन जना अनुसन्धानकर्ता सन् २०१९ को नोभेम्बरमा बिरामी भएको र उनीहरुको लक्षण कोरोनासँग मिल्दोजुल्दो रहेको समाचार प्रकाशन गरेको थियो। उक्त समाचार पूर्ण रुपमा झुठो भएको चीनले जनाएको हो।
प्रतिक्रिया दिनुहोस्