मालीको राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाले नियन्त्रणमा लियो
एजेन्सी। अफ्रिकी राष्ट्र मालीमा सैनिक विद्रोहपछि त्यहाँको राष्ट्रपति बाह एन दाव र प्रधानमन्त्री मोक्टार आउनेलाई सेनाले हिरासतमा लिएको छ। यसघटनामा अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन्। संयुक्त राष्ट्रसंघले राष्ट्रपति र प्रधानमन्त्रीलाई तत्काल रिहा गर्न माग गरेको छ। राष्ट्रसंघले मालीमा शान्ति वहाली गर्नसमेत अपिल गरेको छ। राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाको ब्यारेकमा राखिएको जनाइएको छ। मालीम एकै वर्ष भएको योदोस्रो सैनिक विद्रोह हो।
प्रतिक्रिया दिनुहोस्