हिंसा हुनसक्ने भन्दै अस्ट्रेलियाद्वारा अफगानिस्तानमा आफ्नो दूतावास बन्द बीबीसी। अफगानिस्तानबाट अन्तर्राष्ट्रिय सेना फिर्ता हुँदै गर्दा अस्ट्रेलियाले राजधानी काबुलस्थित आफ्नो दूतावास बन्द गर्ने भएको छ। अफगानिस्तानमा “सुरक्षा वातावरण निकै अनिश्चित” भएको भन्दै अस्ट्रेलियाले यस्तो निर्णय गरेको विज्ञप्तिमार्फत् जनाएको छ। अफगानिस्तानले उक्त निर्णय अस्थायी हुने अपेक्षा र अस्ट्रेलियासँगको सम्बन्ध सौहार्द राख्न चाहेको जनाएको छ। विगत दुई वर्षयता अस्ट्रेलियाले अफगानिस्तानमा आफ्नो सेना १५ सयबाट ८० मा झारेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्