गत १० वर्षयता विस्फोटक हतियारबाट मारिनेमध्ये ९१ प्रतिशत आमनागरिक : अध्ययन
द गार्जियन। विगत १० वर्षयता विस्फोटक हतियार प्रयोगमा मारिएका २,३८,८९२ जनामध्ये ९१ प्रतिशत आमनागरिक रहेको अध्ययनले देखाएको छ। राज्य र आतंकवादी हिंसामा सैन्य समूहलक्षित गरी प्रयोग हुने क्षेप्यास्त्र तथा बम आक्रमणमा आमनागरिक नै मारिने एक्सन अन आर्म्ड भायलेन्सको अध्ययनले देखाएको हो। विस्फोटक हतियार नियन्त्रणको सुझाव दिएको अध्ययनमा १२३ देशबाट २९ हजार घटनाको अध्ययन गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्