रुकुम (पूर्व)मा यार्सा संकलनमा रोक
काठमाडौं। जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले यस वर्ष यार्सा संकलनमा रोक लगाउन निर्देशन दिएको छ। यार्सा संकलन खुला गर्दा कोरोना संक्रमणको जोखिम उच्च हुने भएपछि रोक लगाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो। रुकुम (पूर्व)सहित यार्सा पाइने छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जुम मिटिङबाट यार्सा संकलनमा रोक लगाउने सहमति भएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए।
प्रतिक्रिया दिनुहोस्