सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयको मोटरसाइकल चोरी, दुई जना पक्राउ
कैलाली। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सु.प.प्र.०१–००१ ब १७२८ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ तुल्सीपुर उपमहानगरपालिका–९बस्ने विश्व रोकामगर र तुल्सीपुर उपमहानगरपालिका–५ का१६ वर्षीय किशोर रहेका छन्। मन्त्रालयको आवास गृहमा पार्किङ गरी राखेको अवस्थामा उक्त मोटरसाइकल चोरी भएको थियो। उनीहरुलाई चोरी भएको उक्त मोटरसाइकलसहित बर्दियाबाट प्रहरीले पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्