निवर्तमान सांसद राईले धनकुटा पठाए २५ लाखभन्दा बढीको स्वास्थ्य सामग्री काठमाडौं। विघटित प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राई कोभिड-१९ लाई आवश्य पर्ने २५ लाख बराबरको स्वास्थ्य सामग्री तथा उपकरणहरू गृह जिल्ला धनकुटा पठाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरेर लगिएको निवर्तमान सांसद राईले बताए। धनकुटा पठाएको सामग्रीमा १५ थान अक्सिजन सिलिन्डर, एन्टीजोन किट, सर्जिकल मास्क भीटीआइ किट, सेनेटाइजर, पीपीई सेट, ग्लोब्स, अक्सिमिटरलगायतका सामग्री रहेको राईले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्