नेपाल सधैँ शान्तिको पक्षमाः पर्यटनमन्त्री
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल सधैँ शान्तिको पक्षमा रहेको बताएका छन्।
आज काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय च्यान्टिङ सेरेमोनी अफ नेपाल’लाई सम्बोधन गर्दै उनले विश्वमा शान्ति कायम होस् भन्ने पक्षमा नेपाल रहेको बताएका हुन्।
पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्ष २०२० शुरू भएको अवस्थामा यस्तो कार्यक्रमले विश्वमा शान्तिको सन्देश दिने मात्र नभई नेपालको पर्यटन वर्षको प्रवद्र्धनमा समेत सहयोग पु¥याउने उल्लेख गरे।
मन्त्री भट्टराईले पर्यटन वर्षको अवसरमा भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सरकारले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने जानकारीसमेत दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्