विषालु ग्यास चुहिँदा चीनमा सातको मृत्यु एजेन्सी। चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा खाद्य प्रशोधन कारखानामा विषालु ग्यास चुहिँदा सातजनाको मृत्यु भएको छ। सोमबार अपराह्न यिबिन सहरको चांगिन काउन्टीमा बाँसको टुसा प्रशोधन गर्ने कारखानाको मेसिन मर्मतका क्रममा दुर्घटना भएको हो। कारखानामा काम गरिरहेका श्रमिकहरूलाई श्वासप्रश्वासमा समस्या भएको र उनीहरूमध्ये सातको उपचारका क्रममा मृत्यु भएको काउन्टीको प्रचार विभागले जानकारी दिएको छ। दुर्घटनाबारे जाँच भइरहेको विभागले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्