चिनियाँमूलका अस्ट्रेलियाली लेखकमाथि जासूसीको आरोप
एजेन्सी। चिनियाँमूलका अस्ट्रेलियाली लेखक याङ हेङजुनलाई जासूसीको आरोपमा मुद्दा चलाइने भएको छ। लामो समय जेलमा राखेपछि उनलाई जासूसीको आरोप लगाउँदै मुद्दा चलाउन लागिएको हो।लेखक याङमाथि मुद्दा चलाउनुको कारण चीन र अस्ट्रेलियाबीचको खराब सम्बन्धलाई मानिएको छ। एक लेखकलाई गलत आरोपमा फसाएको भन्दै अस्ट्रेलिया चीनप्रति थप रुष्ट बनेको छ। दुई देशबीचको चिसिएको सम्बन्धका कारण याङले कडा सजाय पाउन सक्ने आशंका गरिएको छ।
प्रतिक्रिया दिनुहोस्