जापानी वैज्ञानिकले गरे प्रशान्त महासागरमा अहिलेसम्मकै गहिरो ड्रिल
एजेन्सी। जापानका वैज्ञानिकहरुले प्रशान्त महासागरमा आठ हजार मिटर गहिरो ड्रिल गरेका छन्। महासागरमा गरिएको यो अहिलेसम्मकै सबैभन्दा गहिरो ड्रिल हो। यो ड्रिलको उद्देश्य प्रशान्त महासागरमा आउने भूकम्पको इतिहासबारे अध्ययन गर्नु रहेको बताइएको छ। जापान प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्छ। यही कारण जापानमा बर्सेनि सयौं साना–ठूलो भूकम्प आउने गर्छ।
प्रतिक्रिया दिनुहोस्